आ. व. २०८१/०८२ मा प्रस्तावित कार्यक्रम तथा प्रगति प्रतिवेदन
१) दुग्धजन्य वस्तुको उत्पादनलाई प्राथमिकतामा राखी उत्पादन वृद्धि गर्दै स्थानीय बजारमा बिक्री विस्तार गरिएको छ।
२) संस्थाका उत्पादनहरू शुद्ध तथा मिसावट रहित रहेको विश्वास दिलाउन विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ।
३) संस्थाको हाल रहेको घरजग्गा बिक्री गरी थप आर्थिक भार नपर्ने तथा फराकिलो एवं उपयुक्त स्थानमा स्थानान्तरण गर्ने गत साधारण सभाको निर्णय कार्यान्वयनका लागि निरन्तर प्रयास गरिएको छ।
४) सबै बिक्री डिपोहरूको मासिक अनुगमन गरी गुणस्तर, परिमाण तथा स्थानीय बिक्री सम्बन्धी विवरण मासिक बैठकमार्फत प्रस्तुत गरिँदै आएको छ।
५) यस आर्थिक वर्षमा सञ्चालक समितिको बैठक कम्तीमा १२ पटक सम्पन्न गरिएको छ।
६) सञ्चालक समिति, लेखा समिति, अन्य उपसमिति तथा कर्मचारीहरूबीच आवश्यकताअनुसार तथा वर्षमा कम्तीमा दुई पटक बैठक सञ्चालन गरिएको छ।
७) सहकारी ऐनको परिधिभित्र रही संस्थाको सदस्यता विस्तारका लागि सदस्यता खुला राखिएको छ।
८) गुणस्तरीय पशु आहार (चोकर, ढुटो, दाना आदि) सहुलियत मूल्यमा खरिद गरी बिक्री कार्यलाई निरन्तरता दिइएको छ।
९) फ्याट तथा ल्याक्टो (एस.एन.एफ.) को आधारमा दूधको मूल्य निर्धारण गर्दै आएको छ।
१०) दूधको भुक्तानी प्रत्येक १५/१५ दिनमा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ।
११) संस्थाको नीति, नियम तथा नियमावली आवश्यकताअनुसार परिमार्जन तथा संशोधन गरिँदै आएको छ।
१२) संस्थाको नीति तथा नियमअनुसार सामग्री खरिद तथा बिक्री कार्य सञ्चालन गरिएको छ।
१३) नियमित बचत संकलन तथा ऋण लगानी कार्यलाई प्रभावकारी बनाउँदै लगिएको छ।
१४) संस्थामा कार्यरत कर्मचारीहरूको रु. २,००,००० सम्मको दुर्घटना बीमा निरन्तर गरिएको छ।
१५) संस्था आबद्ध नगर केन्द्रसम्म नवीकरण कार्यलाई निरन्तरता दिइएको छ।
१६) कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरूको व्यवस्था गरिँदै आएको छ।
१७) वार्षिक रूपमा एक जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइएको छ।
१८) कर्मचारीहरूलाई समयानुकूल तलब, तह तथा पद कायम गरी वार्षिक रूपमा पोशाक सुविधा उपलब्ध गराउने व्यवस्था कायम गरिएको छ।
१९) ढुवानी सेवालाई सहज बनाउन संस्थाको गाडी सञ्चालनमा ल्याइएको छ।
२०) मिल्क एनालाइजर मेसिनलाई प्रभावकारी बनाउँदै बिक्री डिपोहरूमा व्यवस्थापन गरिएको छ।
२१) संस्था विकासका लागि आवश्यक व्यावसायिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ तथा सेयर पूँजी वृद्धि गर्ने प्रयास गरिएको छ।
२२) उन्नत जातका घाँसका बीउ कृषकहरूलाई निःशुल्क वितरण गर्ने कार्य सञ्चालन गरिएको छ।
२३) कृषकमुखी अनुदान कार्यक्रम प्राप्त गर्न विभिन्न निकायसँग समन्वय तथा पहल गरिएको छ।
२४) साविक मूल्यमा सेयर बिक्रीको अवसर प्रदान गर्दै सदस्यहरूलाई सक्रिय बनाउने प्रयास गरिएको छ।
२५) राष्ट्रिय सहकारी संघ, सहकारी विकास बोर्ड, दुग्ध विकास संस्थान, सामुदायिक पशुविकास आयोजना, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, स्थानीय सहकारी शाखा, गैंडाकोट नगरपालिका तथा अन्य संघसंस्थासँग सहकार्य र समन्वयलाई सुदृढ बनाइएको छ।
२६) सिजनमा दैनिक २५ लिटर तथा अफ–सिजनमा १५ लिटर दूध ल्याउने कृषकलाई प्रतिलिटर रु. १ अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिएको छ।
२७) दूध प्याकेजिङ तथा दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्री कार्यलाई उपकेन्द्रमार्फत विस्तार गर्ने प्रयास गरिएको छ।
२८) समान उद्देश्य भएका सहकारी संस्थाहरूबीच एकीकरण तथा सहकार्यलाई निरन्तरता दिइएको छ।
२९) आगलागी, दैवी प्रकोप वा महामारीजस्ता विपत्तिमा सदस्य कृषकलाई राहत उपलब्ध गराउने व्यवस्था गरिएको भए पनि यस वर्ष त्यस्तो अवस्था सिर्जना नभएकाले कार्यान्वयन आवश्यक परेन।
३०) पशुपालक किसानहरूको उत्पादित दूधको खपत वृद्धि तथा आन्तरिक बिक्री विस्तारका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ।
३१) पशु बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ।
३२) दूध उत्पादन वृद्धि तथा परियोजना सञ्चालनका लागि विभिन्न वित्तीय संस्थासँग समन्वय गरी कर्जा तथा व्यावसायिक योजनालाई निरन्तरता दिइएको छ।
३३) दुग्ध उत्पादनसँगै कृषि उत्पादनका लागि आवश्यक मल, बीउ लगायत सामग्री बिक्री व्यवस्थाका लागि पहल गरिएको छ।
